कांग्रेस मकवानपुरको कार्यालयमा लगाईएको ताला खोलियो

हेटौंडा । पाँच दलीय सत्ता गठबन्धनबाट हेटौंडाको मेयर नेपाली कांग्रेसले पाउनुपर्ने माग राख्दै कांग्रेसका कार्यकर्ताहरुले पार्टी कार्यालयमा लगाएको ताला खोलिएको छ ।
सोमबार बालुवाटारमामा बसेको बैठकमा हेटौंडा उपमहानगरपालिका एकिकृत समाजवादीलाई दिने प्रस्ताब परेपछि मंगलबार मकवानपुरका नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला पार्टी कार्यलयमा तालाबन्दी गरेका हुन् ।
मंगलबार दिउँसो कांग्रेस कार्यकर्ताहरुले लगाएको ताला करिब २ घण्टापछि पार्टी जिल्ला सभापति बुद्ध लामाको उपस्थिति खोलिएको हो ।
गठबन्धनबाट हेटौंडाको मेयर कांग्रेसको भागमा पर्नुपर्ने माग राख्दै केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दबाब सिर्जना हुने दाबी गर्दै कार्यकर्ताहरुले नाराबाजीसहित तालाबन्दी गरेका थिए ।
ताला खोल्ने क्रममा जिल्ला सभापति लामाले पार्टी कार्यालयले ताला लगाउनेलाई हदैसम्मको कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।