प्रधानमन्त्री भएर के बिगारे मैले? राम्रै गरेको छु तः प्रधानमन्त्री देउवा

जनपत्र
६ बैशाख २०७९, मंगलवार १६:०८

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन कुनै हालतमा नतोड्ने बताएका छन्।मंगलबार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै कुनै हालतमा गठबन्धन तोड्नु नहुने बताएका हुन्।उनले नेता तथा कार्यकर्तालाई गठबन्धनको पक्षमा बोल्न आग्रह पनि गरे। गठबन्धन भएरै कांग्रेसले प्रधानमन्त्री तथा विभिन्न प्रदेशहरुमा मुख्यमन्त्री पाएको भन्दै उनले कांग्रेस पार्टीलाई सरकारमा ल्याएर आफूले राम्रो काम गरेको दाबी गरे।

प्रधानमन्त्री देउवाले एउटै पार्टीको बहुमतको सरकार बन्ने सम्भावना नरहेकोले कोही न कोहीसँग मिल्नै पर्ने बाध्यता रहेको बताए। लेनदेनकै आधारमा गठबन्धन बन्ने भएकाले केही न केही सबैले पाउनुपर्ने उनको भनाइ छ।

उनले भने, ‘अहिले वास्तवमा भन्ने हो भने यो गठबन्धनले धेरै ठाउँ हाम्रा मुख्यमन्त्रीहरु छन्। हाम्रो सबै गठबन्धनको मुख्यमन्त्री छ। धेरै ठाउँहरुमा हाम्रो भाग पाएका छौँ हामीले। के बिगारे मैलेरु कांग्रेस पार्टीलाई सरकारमा ल्याउने नै मेरो गल्ती हो भने मलाई गल्ती गरे भने हुन्छ। त्यसकारण प्रधानमन्त्री भएर के बिगारे मैलेरु राम्रै गरेको छु त मैले। यस्तो अवस्थामा अहिले जो हाम्रो गठबन्धन छ, यो गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ। गठबन्धन टुटेपछि फेरि त्यही हालत हुने हो। अस्ति जस्तो हालत भयो नि। ओलीको एमाले मिलेपछि के हालत थियो हाम्रो पार्टीकोरु देशभरी कसरी हाम्रो साथी रोएका थिएरु हटाउनु पर्‍यो, हटाउनु पर्‍यो भनेको होइनरु त्यसकारण भोलि पनि त्यही अवस्था नआओस्।’

प्रधानमन्त्री देउवाले थपे, ‘हामी सबैले के ध्यान दिनुपर्‍यो भने अहिलेको नयाँ संविधान बनेको छ। यो संविधान अनुसार कुनै पनि एक्लै पार्टीको सरकार बहुमत आउने सम्भावना छैन। कसै न कसैसँग त मिल्नैपर्‍यो। ओलीलाई हटाउनु पर्‍यो सबैले भने। ठीक छ हटायौँ। त्यसकारण अब यो गठबन्धनलाई अगाडि लिएर जानु छ। गठबन्धन भनेपछि गिभ एण्ड टेक हुन्छ नि। तपाईंलाई सबैकुरा दिनलाई त गठबन्धन बनेको होइन नि१उसले पनि केही पाउनका लागि गठबन्धन बनेको हो। ठीक छ, कांग्रेस पार्टी ठूलो पार्टी छ, ठूलै पार्टी होस्। सानो पार्टी हामी पनि हुन पाउँ भनेका छन् उनीहरुले। उनीहरुको अधिकार हो नि। त्यति पनि नपाएर हुन्छ त्यो। एउटा षड्यन्त्र हुँदैछ गठबन्धन तोड्ने, कुनै हालतमा तोड्नु हुँदैन भन्ने मेरो धारणा छ। यसमा सबै साथीहरुले ठाउँ–ठाउँमा भन्नुपर्छ।’

उनले नेपाल विद्यार्थी संघले कुनै पनि स्कुल, क्याम्पस तथा विश्वविद्यालयहरुको युनियन हार्नु नहुने बताए। उनले नेविसंघका नेताहरुलाई शहर केन्द्रीत नभइ गाउँ केन्द्रीत संगठन निर्माणमा जोड दिन आग्रह गरे।

उनले भने, ‘२७ सालमा जन्मिएको नेपाल विद्यार्थी संघ आज देशभरी नै सबै ठाउँमा क्याम्पस युनियनहरुमा, कलेजहरुमा, युनिर्भसिटी युनियनहरुमा हामी हारिरहेका छौँ। किन हार्दैछौँरु यो कुरा ध्यान दिनुपर्ने भएको छरु स्कुल त गाउँमा छ नि। जबसम्म स्कुलभित्र नेविसंघ गठन हुँदैन तबसम्म भोलि आउने तिनै हुन्। अहिले एमाले, माओवादी यिनीहरु सबैले स्कुलमै बनाएका छन् कमिटी। स्कुल कमिटीबाट आउनेहरु धमाधम माथि आउने तिनै युवा हुन्। तिनै विद्यार्थी हुन्। हाम्रो त कहीँ पनि छैन। के भएको योरु अहिले पनि गाउँको देश हो यो। गाउँका स्कुलहरुमा, यो सदरमुकाममा बनाएर केही हुँदैन। गाउँकै स्कुलमै कमिटी बनाउनुस्। स्कुलको युनियन जित्नुस्। सम्पूर्ण देशभरीका कलेज र स्कुलहरुमा हाम्रो संगठन, पार्टी बनाउनुस्।’

प्रधानमन्त्री देउवाले पढाइमा फेल भएर विद्यार्थी नेता बन्न नसकिने भन्दै पढाइमा पनि अब्बल बन्नुपर्ने बताए। उनले नेविसंघको हातमा देश आइसकेकाले भविष्यमा नेतृत्व गर्ने गरी अहिलेदेखि नै तयारी साथ अगाडी बढ्न आग्रह गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*