कांग्रेस मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी, हेटौंडामा एक्लै चुनाब लड्ने चेतावनी

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा आज तालावन्दी गरिएको छ । बैशाख ३० गते तोकिएको स्थानीय तहको चुनाबमा नेपाल कांग्रेसले हेटौंडामा एक्लै चुनाब लड्ने चेतावनी समेत दिएको छ ।
हेटौंडा–२ मा रहेको नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो । हेटौंडाको मेयर कांग्रेसले नै पाउनुपर्ने भन्दै दवावका लागि उनरूहरूले तालाबन्दी गरेका हुन् ।
नगरका सभापतिहरूसहितको बैठक भइरहँदा तालाबन्दी भएको छ । कांग्रेस नेता कार्यकर्ताले गठबन्धनको छलफलका क्रममा कांग्रेसले मेयर छोडेको अपुष्ट खबर बाहिर आएपछि असन्तुष्टि जनाएका छन् । सहभागि नेता कार्यकर्ताले गठबन्धन आवश्यक नरहेको समेत जनाएका छन्।
बागमती प्रदेशको एकमात्र उपमहानगरपालिकाको रुपमा रहेको हेटौँडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले गठवन्धनबाट निर्वाचन भाग नलिने चेतावनी गरेको छ ।
आज नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको हेटौँडा उपमहानगरपालिका कमिटीको बैठकले यस्तो चेतावनी दिएको हो । काग्रेश उपमहानगरपालिका कमिटीका पदाधिकारी तथा १९ वटै सभापतिको बैठकले नेपाली कांग्रेसले मेयर नपाएको अवस्थामा गठवन्धनबाट अलग रहेर निर्वाचनमा भाग लिने चेतावनी दिएको नेपाली कांग्रेस मकवानपुरका नेता तथा मेयरमा सिफारिस आनन्दराम पराजुलीले बताउनुभयो ।
पाँच दलीय गठवन्धनको केन्द्रीय बैठकले हेटौँडाको मेयर नेकपा एकिकृत समाजवादीलाई दिने औपचारिक प्रस्ताव गरेपछि आज हेटौँडा उपमहानगर समितिले यस्तो निर्णय गरेको हो ।