इङ्ग्लिस प्रिमियर लिग : आजराति लिभरपुल र म्यानचेस्टर युनाइटेड खेल्दै

जनपत्र
६ बैशाख २०७९, मंगलवार ११:३८

unn.prixa.net

इङ्ग्लिस प्रिमियर लिगमा आजराति म्यानचेस्टर युनाइटेड र लिभरपुल खेल्दैछन् । दुई ठूला क्लबबीचको खेल राति पौने एक बजे एनफिल्डमा हुनेछ ।

लिभरपुल अङ्कतालिकाको दोस्रो स्थानमा छ । उसले ३१ खेलमा ७३ अङ्क जोडेको छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको समान खेलमा ७४ अङ्क छ । लिभरपुल सिटीभन्दा एक अङ्कको दूरीमा छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको ३२ खेलमा ५४ अङ्क छ ।

लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले यो खेललाई विश्वकै दुई ठूला क्लबबीचको भिडन्तका रुपमा लिएको बताएका छन् । म्यानचेस्टर प्रशिक्षक राङनिकले लिभरपुलको सामना गर्दा सबैभन्दा ठूलो समस्या आफ्नो टोलीको डिफेन्समा रहेको प्रतिक्रिया दिएका छन् ।

म्यानचेस्टरलाई च्याम्पियन्स लिग छनोटको सम्भावना जीवन्त राख्न लिभरपुलसँगको आजको खेलमा आफू अनुकूल नतिजा निकाल्न आवश्यक छ । लिभरपुल एफए कपको फाइनल र च्याम्पियन्स लिगको सेमिफाइनल पुगिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*