मकवानपुरको टिष्टुङमा काँग्रेसको कार्यक्रम

जनपत्र
५ बैशाख २०७९, सोमबार १९:०८

हेटौँडा । नेपाली काँग्रेस थाहा नगर १२ नम्बर वडा कार्य समितिको आयोजनामा घर घर जाऔँ काँग्रेस जिताऔ अभियानअन्तर्गत टिष्टुङमा नेपाल तरुण दल गठन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

थाहा नगरपालिका १२ स्थित टिष्टुङ दोभनखोलामा सोमबार भएको कार्यक्रममा काँग्रेस नेताहरुले लोकतन्त्र गर्न संस्थागत र विकासका लागि आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसले जित्नु आवश्यक भएको बताउनुभएको थियो ।

काँग्रेस २ नम्बर वडा कार्य समिति का सभापति उर्वन तामाङको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस नेता जयराम लामिछाने मकवानपुरमा पटक पटक कम्युनिष्टले जितेपनि जनताले विकासको अनुभूति गर्न नसकेकोले जिल्लाको समानुपातिक विकासका लागि काँग्रेसलाई स्थानीय तहको निर्वाचनमा विजयी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा काँग्रेस मकवानपुरमा जिल्लासचिब ईश्वर पाठक, जिल्ला सदस्य सुनमाया भोम्जन, महासमिति सदस्य भरत लामा, प्रदेशसभा २ ९क० का क्षेत्रीय समितिका उपसभापति ईश्वरी शाही ठकुरी, थाहा नगर सभापति प्रमोदकृष्ण जोशी, नगर समितिका सदस्य भरत गोपाली, टीकाराम स्याङ्तानलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १३९ जना काँग्रेसमा प्रवेश गरेका छन् । त्यस्तै कार्यक्रममा फूलमान स्याङतानको अध्यक्षतामा ५५ सदस्यीय नेपाल तरुण दल थाहा नगर १२ नम्बर वडा समिति गठन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*