२४ घण्टामा १० जनामा काेराेना पुष्टि

जनपत्र
५ बैशाख २०७९, सोमबार १६:५८

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ९१ जनाको नमुना परीक्षण  गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ३४ जना सङ्क्रमित निको भएसँगै अब नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ५० जनामा झरेको छ । यस अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

यसैबीच २४ घण्टामा १९ हजार पाँच सय २५ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*