आईएमएफसँगको ऋण वार्ताको तयारीका लागि श्रीलंकाले गर्यो पेट्रोलियम पदार्थको मूल्यवृद्धि

श्रीलंकाको एक प्रमुख तेल वितरकले सोमबारदेखि पेट्रोलियम पदार्थको मूल्य ३५ प्रतिशतसम्म बढाएको छ। वैदेशिक मुद्राको संचितिको चरम अभाव भोगिरहेको श्रीलंकाले आईएमएफसँग महत्त्वपूर्ण सहायता प्याकेजमा छलफल गर्नुअघि यो कदम चालेको हो।
श्रीलंका अहिले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएयताकै सबैभन्दा गम्भिर आर्थिक संकटसँग जुधिरहेको छ। आर्थिक संकटले देशभित्र इन्धन, खाद्यान्न र अत्यावश्यक औषधीको समेत अभाव सिर्जना भएको छ।
श्रीलंकाभित्र वितरण हुने इन्धनमध्ये एक तिहाइ हिस्साको लागि जिम्मेबार लंका आईओसीले डिजेलको मूल्य प्रति लिटर ७५ रुपीजले बढाएर ३२७ रुपीज पु(याएको छ भने पेट्रोलको मूल्य प्रति लिटर ३५ रुपिज बढाएर ३६७ बनाएको छ।
झण्डै दुई तिहाई तेल बजारमाथि पकड भएको सरकारी स्वामित्वको सिलोन पेट्रोलियम करपोरेसनले भने तेलको मूल्य बढाएको छैन । तर उसका तेल वितरण स्टेसनहरुले इन्धन भर्न आउने ग्राहकलाई फर्काइरहेको छ।
भारतीय आयल कर्पोरेसनको स्थानीय इकाई लंका आईओसीले भने श्रीलकांली मुद्राको अवमूल्यनका कारण आफूहरु मुल्य बढाउन बाध्य भएको स्पष्टीकरण दिएको छ। तीन साताअघि पनि लंका आईओसीले तेलको मूल्य बढाएको थियो।
यो वर्षको सुरुदेखि पेट्रोलको मुल्य ९० प्रतिशतले वृद्धि भइसकेको छ भने डिजेलको मुल्य १३८ प्रतिशतले बढेको छ। श्रीलंकाका नयाँ अर्थमन्त्री अली साब्रीले आईएमएफबाट सहायता रकम हासिल गर्न वार्ता अघि बढाउँदै गर्दा तेलको मूल्य बढाएको छ। श्रीलंका उसको भुक्तानी सन्तुलनको संकट र घट्दो विदेशी मुद्राको संचिति पूर्ति गर्नका लागि ३ अर्ब देखि ४ अर्ब डलर सापट लिन चाहन्छ।
श्रीलकंन सरकारले गत साता उसले तिर्नुपर्ने विदेशी ऋण तिर्न नसक्ने घोषणा गर्यो। योसँगै बजार धरासायी हुने डरमा कोलम्बो स्टक एक्सचेन्जले सोमबारदेखि पाँच दिनको लागि व्यापार बन्द गरेको छ।
कोभिड–१९ को महामारीअघि नै श्रीलंकामा आर्थिक संकट आईसकेको थियो। कोभिड–१९ ले त्यसलाई थप भयावह बनाइदियो। एकातर्फ विदेशमा काम गर्न गएका कामदारले पठाउने रेमिट्यान्समा कमी आयो भने श्रीलंकाको ठूलो पर्यटन क्षेत्रबाट भित्रिने विदेशी मुद्रामा कमी आयो।
सरकारले २०२० मार्चमा विदेशी मुद्राको संचिति बचाउनको लागि धेरै आयात सामाग्रीमा प्रतिबन्ध लगाएको थियो। अहिले आएर देशमा ऐतिहासिकस्तरको मुद्रास्फीति आएको छ। आर्थिक संकटले दैनिक जीवनमा कठिनाई सिर्जना गरेपछि अहिले राजनीतिक विरोध देखिएको छ। मानिसहरु राष्ट्रपति गोतावाया राजापाक्षको राजीनामा माग्दै सडकमा उत्रिएका छन्।
आईएमएफका अतिरिक्त राजापाक्ष सरकारले चीनसँग पनि अतिरिक्त अढाई अर्ब डलरको सहयोगको लागि अपिल गरेका छ। राष्ट्रपति सीले सहयोगको प्रतिबद्धता त दिएका छन् तर सहयोगमा केही हिचकिचाह गरिरहेका छन्। यसले चीनले उसको ऋण नीति बदलेको र अर्को देशको घरेलु राजनीतिक परिस्थितिमा हस्तक्षेप गर्ने नीति देखिन्छ। छिमेकी भारतले श्रीलंकालाई खाना र इन्धन खरिदका लागि आर्थिक सहयोग दिइरहेको छ।
केहीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि आफै आईएमएफलाई रिझाउने कदम हुनसक्ने केहीले आकंलन गरेका छन्। यसअघि आईएमएफसँग ऋण सहायता लिन प्रयास गरिरहेको पाकिस्तानले तेलको मूल्य बढाउन अस्वीकार गरेपछि ऋण प्रक्रिया अवरुद्ध भएको छ।
आईएमएफले ऋण दिनुअघि ऋण लिने मुलुकले कैयौं बजेटरी परिवर्तन गर्नुपर्छ । विशेषत ती मुलुकले पछि ऋण तिर्न सक्ने क्षमता वृद्ध गर्न यी परिवर्तनको माग गरिन्छ। तर पाकिस्तानका प्रधानमन्त्री शेहवाज शरिफको सरकारले पेट्रोलको मूल्य प्रति लिटर १४९।८६ पाकिस्तानी रुपिज र डिजेलको प्रति लिटर मुल्य १४४।१५ रुपिजबाट नबढाउने निर्णय गरेको देशका अर्थ मन्त्रीले एक वक्तव्य जारी गर्दै जानकारी दिएका छन्। पाकिस्तानका ‘आम मानिसलाई सहुलियत दिन’यस्तो निर्णय गरिएको वक्तव्यमा उल्लेख छ। यही सात इमरान खानको सरकार अपदस्थ भएपछि शेहवाज शरिफको नेतृत्वको वर्तमान सरकार गठन भएको हो।
एएफपीबाट