वालिङ जीप दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या ६ पुग्यो

जनपत्र
५ बैशाख २०७९, सोमबार १३:३२

स्याङ्जा – स्याङ्जाको वालिङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।

वालिङ-१२ का ६० वर्षीय अङ्गबहादुर डालाको आज बिहान उपचारका क्रममा गण्डकी मेडिकल कलेज पाेखरामा ज्यान गएकाे वडा प्रहरी कार्यालय वालिङका प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

घाइते अन्य पाँच जनाको भने गण्डकी अस्पतालमा नै उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

आइतवार वालिङ नगरपालिका नगरपालिका-१२ को फिरफिरेमा जीप दुर्घटना भएको हो । घटनास्थलमा नै चार जनाको र उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा एक शिशुको ज्यान गएको थियो ।

जीप ग्रामीण सडकबाट झन्डै दुई सय मिटर तल भिरमा अड्किएको छ । जीपमा ११ जनामा रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*