मुलुकमा भ्रष्टाचार बढ्यो– काग्रेश सभापति देउवा

जनपत्र
३१ जेष्ठ २०७६, शुक्रबार १७:३०

हेटौंडा । नेपाली काग्रेशका सभापति शेरबहादुर देउवाले मुलुकमा निकै भ्रष्टाचार बढेको बताउनु भएको छ । नेपाल सांस्कृतिक संघ जिल्ला सभापति एबं बिधागत संघका सभापतिहरुको राष्ट्रिय प्रशिक्षण भेलाको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले भ्रष्टाचार संगै हत्या, हिंसा, बलात्कारका घटना बढेको बताउनुभयो ।

अहिलेको रकार सबैको अधिकार खोस्नका लागि लागिपरेकोमा आक्रोस ब्यक्त गर्दै भन्नुभयो–‘सबैका अधिकारका लागि आन्दोलन गरेर भएपनि दिलाउन हामी तयार छौ ।’ सरकारले अधिकार खोस्न खोजेमा आन्दोलन गर्न पनि पछाडी नपर्ने उहाँले बताउनुभयो । प्रेशकाउन्शिल र राष्ट्रिय मानब अधिकार अयोगको अधिकार खोस्न नमिले उहाँले बताउनुभयो । अन्तराष्ट्रिय मानब अधिकार स्वतन्त्र रहेकाले नेपालमा पनि स्वतन्त्र हुनुपर्ने सभापति देउवाको भनाई छ । सूचनाको हक कसैले पनि खोस्न नमिल्ने बताउनुभयो । लोकतान्त्रिक मुलुकमा कसैले पनि अधिकार प्रेशको अधिकार खोस्न नमिल्ने उहाँको भनाई छ ।

गुठि माथीको अधिकार कसैले पनि खोस्न नमिल्ने बताउनुभयो । अहिले सरकारले गुठि मास्न खोजेकाले संसद अबरुद्ध गरेर भएपनि यो अधिकार खोस्न नदिने उहाँको भनाई छ । शेरबहादुर देउवा सांस्कृतिक संघले महत्वपुर्ण कार्यव्रmम गरेको उहाँले बताउनुभयो । नेपालमा बिभीन्न सांकृतिक भाषाभासी नेपालमा रहेकाले सबैका लागि सरकारले हेर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेशका महामन्त्री शशांक कोईरालाले सांस्कृतिक क्षेत्रमा कोईराला परिवार पनि पहिले देखिनै लागिपरेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काग्रेशका नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली काग्रेश निकटका सांस्कृतिकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा काग्रेशका सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य प्रदिप पौडेल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र प्रजा, केन्द्रीय सदस्यउ महाँलक्ष्मी डिना उपाध्याय, कलाकार निर शाह, सांस्कृतक संघ काभ्रेका अध्यक्ष हरि कर्माचार्य लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*