सत्यमोहन जोशी अस्पताल भर्ना : स्वास्थ्य स्थिति सामान्य

जनपत्र
३ बैशाख २०७९, शनिबार ०८:३५

काठमाण्डाै – संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ ।

मुत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएकोले उहाँलाई किस्ट मेडिकल अस्पताल ललितपुरमा भर्ना गरिएको हो । यसअघि पनि स्वास्थ्यमा समस्या देखा परेपछि जोशी एक हप्ताको उपचारपछि फागुन दुई गते डिस्चार्ज हुनुभएको थियो ।

उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ । जोशी आउँदो वैशाख ३० गते उमेरले १ सय ३ वर्ष पुग्दै हुनुहुन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*