गठबन्धनको प्रदेश संयन्त्रलाई सहजीकरण गर्न काँग्रेसले सातै प्रदेशमा सहमहामन्त्रीहरूलाई पठाउने

जनपत्र
१ बैशाख २०७९, बिहीबार ०६:२३

सत्तारुढ नेपाली काँग्रेसले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बुधबार बसेको बैठकले केन्द्रीय सदस्यहरुको सुझावलाई समेत समावेश गरेर सो घोषणापत्रको मस्यौदालाई पारित गर्ने निर्णय गरेको हो

पार्टी महामन्त्री गगनकुमार थापाले बैठकमा पेश गरेको उक्त मस्यौदामा केन्द्रीय सम्पादन समितिका सदस्यहरुको समेत सुझावलाई ध्यानमा राखेर पारित गर्ने निर्णय गरिएको जनाइएको छ ।

त्यसैगरी बैठकले बन्द सूचीमा नाम रहेकाहरुलाई हटाउनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्न पार्टी केन्द्रीय कार्य समितिलाई अनुमति पनि दिएको छ ।

बैठकमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलबारे बनेको मापदण्डबारे उपसभापति पूर्णबहादुर खड्काले बिफ्रिङ गरेका थिए । यस्तै बैठकमा अर्का उपसभापति धनराज गुरुङले स्थानीय आवश्यकता भन्दा बाहिर गएर चुनावी तालमेल गर्न नहुने बताएका थिए । उनले भरतपुर महानगरपालिका काँग्रेसले कुनै हालतमा छोड्न नहुने मत राखेका थिए ।

यस्तै स्थानीय तहका उम्मेदवार चयनका लागि गठबन्धनको प्रदेश संयन्त्रलाई सहजीकरण गर्न काँग्रेसले सातै प्रदेशमा सहमहामन्त्रीहरूलाई पठाउने भएको छ । यसबारे निर्णय भने वैशाख २ गते बस्ने निर्वाचन परिचालन समितिले गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*