आईपीएल क्रिकेटमा आज चेन्नई र बेङ्ग्लाेर खेल्दै

जनपत्र
२९ चैत्र २०७८, मंगलवार १४:४१

unn.prixa.net

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लाेर खेल्दैछन् ।

मुम्बईमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । साविक विजेता चेन्नईले यसअघिका चार खेलमा जित निकाल्न सकेको छैन । अङ्कविहीन चेन्नई तालिकाको पुछारमा छ । बेङ्ग्लाेर ४ खेलमा तीनमा जितसहित ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

आजको खेलमा चेन्नईलाई हराएमा बेङ्ग्लाेर शीर्ष स्थानमा उक्लनेछ । हिजो भएको खेलमा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार ब्यहोरेको छ । गुजरात सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको हो ।

यसपालिको आईपीएल क्रिकेटमा दश टोली छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*