अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३० जना घाइते

जनपत्र
२५ चैत्र २०७८, शुक्रबार १२:०२

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क-२ बेलबाटिका नजिकै बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

प्युठानमा रहेकाे स्वर्गद्वारीकाे दर्शन गरेर सुपा देउरालीका लागि छुटेकाे ग २ ख ६८० नम्बरको बस बेलबाटिका नजिकै दुर्घटनामा परेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अम्बर थापाले सबै घाइतेहरुको सन्धिखर्कका विभिन्न अस्पतालमा उपचार भइरहेकाे जानकारी दिनुभयाे ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेकाे उहाँले बताउनु भयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*