हेटौंडा–१६ बाट एमालेका तर्फबाट सर्बसम्वत रुपमा वडा अध्यक्षको उमेदवार

जनपत्र
२४ चैत्र २०७८, बिहीबार १८:३४

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ बाट एमालेका तर्फबाट सर्बसम्वत रुपमा वडा अध्यक्ष र सदस्यका उमदवार छनोट गरिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको चुनाबका लागि वडा अध्यक्ष र सदस्यका उमेदवार सर्बसम्वत रुपमा जिल्ला पार्टीलाई सिफारिस गरिएको एमाले मकवानपुरका सचिवालय सदस्य मदन कुमार दाहालले बताउनुभयो ।

वडा अध्यक्षका लागि बसन्त प्रसाद लामिछाने, सदस्यहरुमा पबित्रा बिस्वाकर्मा, अस्मिता भुसाल, कृष्ण बहादुर रुम्बा र राजेन्द्र गारंजा मगरलाई उमेदवार बनाउनेगरी सिफारिस गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*