बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयमा ६३ जना कर्मचारी नियुक्त गरिदै

जनपत्र
२३ चैत्र २०७८, बुधबार ११:३५

हेटौंडा । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा ६३ जना प्राबिधिक कर्मचारी नियुक्त गरिदै छ । प्रदेशको मन्त्रीपरिषद्को बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा ६३ जनाको अस्थायी दरवद्यनी स्वीकृत गर्ने निर्णय गरेसंगै कर्मचारी नियुक्त गर्ने बाटो खुलेको हो । कृषि र पशुपन्छीका क्षेत्रमा काम गर्नका लागि कर्मचारी अभाबका कारण समस्या भएकाले नियुक्त गर्न लागिएको मन्त्री बसुन्धरा हुमागाईले जानकारी दिनुभयो ।

बागमती प्रदेशमा पशु र पन्छी पालनका क्षेत्रमा महामारी जन्य रोगहरु देखापरेकाले यसको नियन्त्रणका लागि पनि सहज हुने भएकाले कर्मचारी नियुक्त गर्न लागिएको मन्त्रालयले जनाएको छ । ६३ जना कृषि र पशु प्राबिधिक नियुक्त गर्नेगरी मन्त्रीपरिषद् बैठकबाट स्वीकृत भएको छ । मन्त्रालयले १० जना कृषि विकास अधिकृत, भेटेनरी डाक्टर २० जना, पशुस्वास्थ्य प्राबिधिक २० जना, अन्य कर्मचारीगरी ६३ जना नियुक्त गर्नका लागि तयारी गरिएको हो । नियुक्त गरिएका कर्मचारीहरु प्रदेशका १३ वटै जिल्लामा खटाइने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*