घामबाट डढेकाे अनुहारबाट राहत पाउँन टमाटरकाे प्रयाेग

जनपत्र
३० जेष्ठ २०७६, बिहीबार ०५:५०

गर्मी मौसम सुरु भएसँगै हामीलाई सबैभन्दा बढि चिन्ता लाग्ने हो आफ्नो अनुहारको छालाको । शरिरको अन्य भाग भन्दा चाँडो घामले अनुहारको छालालाई प्रभावित पार्छ । गर्मीमा चर्को घाम लाग्दा हाम्रो अनुहारको छाला नै ढडेर कालो हुन्छ । प्राय जसो मानिसहरु गर्मी मौसममा घरबाट बाहिर निस्कन चाँहैदन तर तर चर्को घाममा पनी बाहिर निस्कनु पर्ने धेरैको बाध्यता हुन्छ । जव घामबाट डढेको अनुहार हामी ऐनामा हेर्छौै तब आफ्नो अनुहार देखेर धेरै चिन्ता लाग्ने हुन्छ । तर अब चिन्ता नलिनुहोस टमाटर प्रयोग गरी आफ्नो चिन्ता भगाउनुहोस् ।

टमाटर भन्नु बित्तिकै धेरैलाई भान्छाघरको याद आउँछ होला । धेरै मानिसले यसलाई सब्जीमा हाल्ने मसला, अचार, सलादको रुपमा प्रयोग गरेता पनी कमै मानिसलाई मात्र थाहा हुन सक्छ की यसले घामबाट ढडेको अनुहारलाई कोमल र सुन्दर बनाउँन सक्छ भनेर । आउँनुहोस आज हामी तपाईलाई कसरी टमाटरको प्रयोगबाट घामबाट डढेेको अनुहारबाट राहत पाईन्छ बताउने छौँ ।

–घामले डढेको छालालाई सुन्दर बनाउन गोलभेडाको पेस्ट बनाउने,

– त्यसलाई राम्रोसँग फेसमा लगाउने,

– गोलभेडाको पेस्ट राम्रोसँग लगाएर १५ मिनेटसम्म नचलाउने,

–१५ मिनेटपछि सफा पानीले मुख धुने,

–सफा र नरम कपडाले पुछ्ने,

–आफूले नियमित प्रयोग गर्ने मस्चराइजर क्रिम लगाउने,

यसरी गोलभेडाको पेस्ट बनाएर लगाउने बानीले तपाईको अनुहार तथा शरीरको छाला स्वास्थ्य र सुन्दर रही घामबाट डढेकाे छालाबाट राहत पाउनुहुनेछ ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*