कांग्रेस मकवानपुरको दोश्रो बैठकद्वारा कोषाध्यक्षसहित कार्यसम्पादन र संसदीय समिति गठन

जनपत्र
२१ चैत्र २०७८, सोमबार ०७:०७

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको आईतबार बसेको जिल्ला कार्यसमितिको दोश्रो बैठकले कोषाध्यक्षसहित, कार्यसम्पादन समिति, संसदीय समिति र दुईवटा विभागको संयोजक मनोनित गरेको छ ।

जिल्ला सभापति बुद्ध लामाको सभापतित्वमा बसेको दोश्रो जिल्ला कार्यसमिति बैठकले कोषाध्यक्षमा होमनाथ गौतमलाई मनोनित गरेको छ ।
त्यसैगरी बैठकले पदाधिकारीसहित १३ सदस्यीय जिल्ला संसदीय समिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा सभापति बुद्ध लामा, उपसभापतिद्वय आनन्द कठायत र धर्मराज लामिछाने, सचिवद्वय भीमसेन महत र ईश्वर पाठक, सहसचिवद्वय ईन्दिरा न्यौपाने र ताराचन्द्र बजगाई, कोषाध्यक्ष होमनाथ गौतम र सदस्यहरुमा प्रभातकुमार दाहाल, आनन्दराम पराजुली, रामबाबु बानियाँ, गोपीलाल विश्वकर्मा र खेमबहादुर प्रजा रहेका छन् ।

त्यस्तै ८ पदाधिकारीसहित २८ सदस्यीय जिल्ला कार्यसम्पादन समिति मनोनित गरेको छ । समितिको सदस्यहरुमा प्रभातकुमार दाहाल, आनन्दराम पराजुली, गोपीलाल विश्वकर्मा, रामबाबु बानियाँ, अर्जुन तिवारी, मोमलाल दोङ, अर्जुनप्रसाद चौलागाई, ताराकुमारी राई कार्की रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा कालु घलान, भुवनलाल श्रेष्ठ, शर्मिला श्रेष्ठ, ईन्द्रकुमार बर्तौला, डम्बरबहादुर विक, खेमबहादुर प्रजा, प्रमिला खतिवडा, राजकुमार गोले, सोममाया मोक्तान, कृति ग्यालन, गोपी बल लामा र नवराज लामा मनोनित हुनुभएको छ ।
त्यस्तै बैठकले संगठन र युवा तथा खेलकुद विभाग गठन गरेको छ । संगठन विभागमा शैलेन्द्रराज बानियाँ युवा तथा खेलकुद विभागमा अर्जुन तिवारीलाई मनोनित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*