हेटौंडामा ट्याक्टरबाट खसेर मोक्तानको मृत्यु

जनपत्र
१६ चैत्र २०७८, बुधबार १६:२५

हेटौंडा – मकवानपुरको हेटौंडामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका ६ पुतलीसडकमा गुडिरहेको ट्याक्टरबाट हेटौंडा उपमहानगरपालिका ८ का २३ वर्षीय राजेश मोक्तानको मृत्यु भएको हो ।

गएराती साढे ९ बजे नागसोतीबाट कमानेतर्फ जाँदै गरेको ना ४ त ६९१० नम्बरको ट्रयाक्टरबाट मोक्तान खसेका थिए । उनी ट्रयाक्टरबाट घस्दा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा गएराती सवा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सहित चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*