साढे २ करोडमा कभर्ड हल

जनपत्र
१५ चैत्र २०७८, मंगलवार ०८:२९

बुटवल–१५ सेमलारमा अत्याधुनिक कभर्ड हल निर्माण सम्पन्न भएको छ । २ करोड ४० लाख रुपैयाँ लागतमा निर्माण भएको कभर्ड हल अन्तर्राष्ट्रिय स्तरका इन्डोर खेल सञ्चालन गर्न मिल्ने गरी बनाइएको हो । प्रदेश सरकारको ८५ लाख, स्थानीय उपभोक्ताको ९ लाख र बाँकी रकम बुटवल उपमहानगरले लगानी गरेको हो ।

‘बुटवलको तिनाउ नदीपारिका स्थानीयको मागमा कभर्ड हल बनाइएको हो,’ बुटवलका प्रमुख शिवराज सुवेदीले भने ।

कभर्ड हलमा ब्याडमिन्टन, बास्केट बल, टेबलटेनिस, कराँते, तेक्वान्दोलगायतका खेल खेल्न मिल्नेछ । त्यसमा एकै पटकमा १ हजार ५ सय जना अट्ने क्षमता छ । कभर्ड हलले करिब ५ कट्ठा जग्गा ओगटेको छ । त्यसको दायाँबायाँ १०र१० मिटरको खुला ठाउँ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*