सडक निर्माण भेला भनेर हेटौँडाका एमाले वडा सदस्यलाई कांग्रेसले पार्टी प्रवेश गराएको हल्ला चलायो
हेटौँडा । स्थानीय तहको निर्वाचनको समय नजिकिदै गर्दा चुनावी कार्यक्रम तथा पार्टी प्रवेशका कार्यक्रमहरु बढेका छन् । फर्जि पार्टी प्रवेशका कार्यक्रमहरु गरेर सामजिक सञ्जालमा पोष्ट गर्ने क्रमपनि बढेको पाईएको छ ।
यसै क्रममा हेटौँडा उपमहानगरपालिकाको विकट क्षेत्रको रुपमा रहेको हेटौँडा–१ नकौलीमा सडक निर्माणको विषयमा छलफल छ भनेर एकजना एमालेका स्थानीय नेतालाई नेपाली कांग्रेसले पार्टी प्रवेश गराएको छ । चैत्र १२ गते सडक निर्माणको छलफल भनि बोलाएर सामुहिक फोटो खिचाउँदै पार्टी प्रवेश गराएको हल्ला फिजाएको भन्दै नेकपा एमाले हेटौँडा–१ का वडा सदस्य समेत रहेका सिंहबहादुर पाख्रिनले विज्ञप्ती जारी गरेका छन् ।
नेपाली कांग्रेसबाट विजयी भएका वडा नंबर १ का वडा अध्यक्ष समेतको सहभागितामा आफुलाई पार्टी प्रवेश गराएको भन्दै भ्रम फिजाएको भन्दै उनले आपत्ती जनाएका छन् । उनले विज्ञप्ती मार्फत आफु एमालेमानै रहेको उल्लेख गरेका छन् ।
म एमालेमानै प्रतिवद्ध छु भन्दाभन्दै जवरजस्ती समाएर टिका लगाउँदै तँ आजबाट कांग्रेस भैस भन्दै आयोजकहरु हिडेको उनले बताएका छन् ।







