मकवानपुरका सरकारी बिद्यालयमा १७३ जना शिक्षक नियुक्त गरिदै

जनपत्र
२८ जेष्ठ २०७६, मंगलवार ०७:४०

हेटौंडा । मकवानपुरका दश वटै स्थानीय तहका सरकारी बिद्यालयमा एक सय ७३ जना शिक्षक करारमा नियुक्ती गरिदै छ । मकवानपुरका बिभीन्न बिद्यालयका अस्थायी शिक्षक हटेपछी त्यस स्थानमा करारमा शिक्षक राख्न सुरु गरिएको हो ।शिक्षा बिकाश तथा समन्व यइकाइ मकवानपुरबाट अनुमती लिदै करारमा शिक्षक नियुक्त गर्न सुरु गरिएको हो ।

मकवानपुरका प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा गरी एक ७३ जना शिक्षक नियुक्त गर्न लागिएको शिक्षा बिकाश तथा समन्वय इकाइ मकवानपुरका प्रमुख लिला गौतमले बताउनुभयो । अस्थायी शिक्षकको स्थानमा शिक्षामन्त्रालयले करारमा शिक्षक राख्ने भनेपछी मकवानपुरमा पनि शिक्षक नियुक्त गर्न सुरु गरिएको हो ।

मकवानपुरका प्राथमिक तहका बिद्यालयमा सबै भन्दा धेरै शिक्षक १ सय ३३ जना शिक्षक नियुक्त गरिदै छ । त्यसपछी निम्न माध्यमिकतहमा २३ जना र माध्यमिक तहमा १७ जना शिक्षक नियुक्त गर्न लागिएको गौतमले बतााउनुभयो । अस्थायी शिक्षक हटेका बिद्यालयले शिक्षा इकाइमा अनुमती लिएपछी शिक्षक राख्न सक्ने व्यावस्था छ ।

अहिले एक बर्षका लागि करारमा राख्ने भनिएपनि बषौ बर्ष सम्म नियुक्त गरिएकाशिक्षकले कामगर्न पाउने छन् । जव सम्म स्थायी शिक्षक नआए सम्मकाम गर्न सक्ने छन् । सबै भन्दा बडी शिक्षक मकवानपुरको बकैया गाउँपालिका र कैलाश गाउँपालिकामा शिक्षक नियुक्त गरिने भएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*