अस्ट्रेलिया भ्रमण सकेर सन्दीप स्वदेश फिर्ता

जनपत्र
२८ जेष्ठ २०७६, मंगलवार ०७:०४

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने अस्ट्रेलिया भ्रमण सकेर फर्किएका छन् । सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपले आफ्नो अस्ट्रेलिया भ्रमण नेपाली क्रिकेटको विकासका लागि केन्द्रीत भएको बताए । उनले त्यहाँका तीन वटा क्रिकेट एकेडेमीसँग नेपाली युवा खेलाडीहरुलाई प्रशिक्षणको लागि कुरा गरेको जानकारी दिए । प्रशिक्षणका विषयमा अस्ट्रेलियाका एकेडेमीहरु सकारात्मक रहेको बताउँदै सन्दीपले त्यसका लागि थप पहल गर्नुपर्नेमा जोड दिए ।

नेपालीमा हालै भएको प्रधानमन्त्री कप क्रिकेट नखेलेको भन्दै चर्को आलोचना खेपेका सन्दीपले यस विषयमा पनि जवाफ दिँदै एक दिवसीय मान्यता पाएको देशको राष्ट्रिय प्रतियोगिता कतै म्याट त कतै पिचमा गराउँदै स्तर नपुग्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*