रुसी आक्रमणविरुद्धको लडाईँमा युक्रेन एक्लै छैन : बेलायती प्रधानमन्त्री जोन्सन

जनपत्र
११ चैत्र २०७८, शुक्रबार ०७:००

रुसको आक्रमणविरुद्धको लडाईँमा युक्रेन ‘एक्लै नरहेको’ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।

‘युक्रनेमाथि आफ्नो रोष प्रकट गर्दासम्म पुटिनको साथमा उभिन’ नसक्ने र युक्रेनका लागि रक्षात्मक हतियारको सहयोग बढाउने जोन्सनले बताए ।

ब्रसेल्समा भएको पश्चिमा सैन्य गठबन्धन नेटो सम्मेलनलाई सम्बोधन गर्दै जोन्सनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रासायनिक हतियार प्रयोग गरेमा त्यसको परिणाम ‘उनका लागि भयानक हुने’ चेतावनी दिएका छन् ।

यसअघि बेलायतले बेलायतका थप ६५ समूह तथा व्यक्तिहरुमाथि प्रतिबन्धको घोषणा गरेको थियो । जोन्सनका अनुसार रुस शान्ति चाहँदैन र उसले युद्धलाई थप सघन बनाउने सोच गरिरहेको छ ।

युक्रेन युद्धका सम्बन्धमा नेटो, युरोपियन युनियन र जिसेभेन राष्ट्रका नेताहरुले आकश्मिक बैठक गर्दैछन् ।

नेटो सम्मेलनपछिको पत्रकार सम्मेलनमा जोन्सनले बेलायतले युक्रेनलाई सैन्य तथा आर्थिक सहयोग जारी राख्ने बताएका छन् ।

यस्तै बेलायतले बुल्गेरियामा थप सैनिक पठाउने पनि बताएका छन् । यस्तै पोल्याण्ड र इस्टोनियामा पनि सैनिकको संख्या दोब्बर बनाउने भएको छ ।

यसअघि नेटोले बुल्गेरिया, हंगेरी, रोमानिया र स्लोभाकियामा नयाँ लडाकु समूह बनाउने घोषणा गरेको थियो । सोही अनुसार सैनिक थप गर्ने बेलायतले उल्लेख गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*