मकवानपुरका दुइवटा दुर्घटनामा दुइ जनाको मृत्यु
हेटौंडा । मकवानपुरका दुइ वटा छुट्टा छुट्टै दुर्घटनामा दुइजनाको मृत्यु भएको छ । हेटौंडा र भीमफेदीमा भएको दुर्घटनामा दुइजनाको मृत्यु भएको हो । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर भीमफेदी–१ सुन्दरीमाईमा सुमो र मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
बिहीबार दिउँसो त्रिभुवन राजपथ अन्तर्गत सडक खण्डमा हेटौडाबाट भैसे तर्फ जादै गरेको ना १ ज ३४७२ नम्बरको सुमो र बिपरित दिशा तर्फ बाट आउदै गरेको ना ४९ प २५५६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाइकल चालक हेटौडा ८ कमाने बस्ने बर्ष ३१ को प्रमोद कुमार रिमालको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।
दुर्घटनामा घाइते रिमालको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ। ठक्कर दिने सुमो तथा चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।
यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ मा ट्याक्टर दुर्घटनामा परी चालकको घटना स्थलमानै मृत्यु भएको छ । आज बिहान २ बजेको समयमा हेटौडा बस्तिपुर स्थित राप्तिखोलामा भुन्द्रुङबाट बस्तिपुर हाईवेतर्फ आउदै गरेको ना ६त १८४५ नम्बरको खालि ट्याक्टर काठको पुलबाट क्रस गर्ने क्रममा अचानक काठको पुल भाचि दुर्घट्ना हुदा ट्याकटर चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–८ बस्ने वर्ष २८ को सागर स्याङतानको ज्यान गएको हो ।







