हेटौंडा–८ को वडा कार्यलय तोडफोग गर्नेलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र

जनपत्र
६ चैत्र २०७८, आईतवार १६:३४

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको ८ नम्बर वडा कार्यालयमा गत शुक्रबार तोडफोड गर्नेलाई कारबाही गर्न माग गर्दै वडा कार्यालय र वडावासी तथा टोलविकास सस्थाले मकवानपुरका सहायह प्रमुख जिल्ला अधिकारी बद्री नाथ गैरे लाई ज्ञापनपत्र बुझाएको छ । आइतबार वडा कार्यलयबाट ्याली सहित प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाइएको हो ।

वडा कार्यलयमा जम्मा भएर वडावासीले तोडफोडमा संलग्न हुनेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग सहित रयालीको घटनामा दोसीहरुलाई कानून बमोजिम कार्बाही गर्नका लागि स्थानीयहरुले माग गरेका हुन् । कानून अनुसार कार्बाही नगरे आन्दोलनमा उत्रने समेत स्थानीयहरुले चेतावनी दिएका छन् ।

गत शुक्रबार वडा कार्यालयमा भएको तोडफोड, गाआयोजना गरेका थिए । केहि अराजक समूहबाट गालीगलौज, वडा कार्यालयका महिला जनप्रतिनिधि तथा महिला कर्मचारीमाथि दुव्र्यवहार ,टेबल तोडफोड गर्नुका साथै अध्यक्षको कुसी सडकमा फ्यालेर पेट्रोल लगाई आगजनी समेत गर्न खोजिएको भन्दै वडा कार्यालयले गैरकानुनी र अराजक गतिविधिबाट लज्जित भई अपमानित भएको उल्लेख गरेको छ ।

घटनामा संलग्नलाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम हदैसम्मको कारबाही गरी वडामा शान्ति सुरक्षा कायम गर्न, निर्वाधरूपमा जनताका सेवा कायम गराइराख्न, महिला कर्मचारीको सुरक्षा गर्न वडाले माग गरेको छ । वडा वासीको सरक्षाको लागि त्यस्ता अराजक समूहलाई तुरुन्त कारबाही गर्नुपर्ने उनिहरुले माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*