एक लाख म्यादी भर्ना गर्न सबै जिल्लामा आवेदन आह्वान (सूचनासहित)

जनपत्र
६ चैत्र २०७८, आईतवार ०७:३१

वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुलाइएको छ। आइतबार देशका सबै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन आह्वान गरेका हुन्।

तल जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना हो। सोहीबमोजिम देशभरका जिल्लामा म्यादी भर्नाका लागि कोटाअनुसार आवेदन आह्वान गरिएको छ।

१८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म निवेदन दिन सक्नेछन्। भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्नेछ। ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो।

म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ। म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउनेछन्। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ।

​म्यादी प्रहरीले दिनको ७५६ रुपैयाँका दरले तलब पाउँनेछन्। ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*