थप ८३ जनामा काेराेना पुष्टि, १ सय ३० जना निकाे

जनपत्र
१ चैत्र २०७८, मंगलवार १७:१४

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार आठ सय ८४ जनाको नमुना परीक्षण गर्दा ८३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ३० जना कोरोना सङ्क्रमित निको भएका छन् । यही अवधिमा कोरोना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झरेकाे छ ।

अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार सात सय ४६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख तीन हजार पाँच सय ३८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*