हेटौंडामा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको हितका निम्ति छुट्टै कार्यालय स्थापना
हेटौंडा । हेटौंडामा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको हक हितका निम्ति काम गर्ने गरी आजबाट कार्यालयको सुरुवात गरिएको छ । हेटौंडा उपमहानगरपालिका अनौपचारिक श्रमिक हित ब्याबस्थापन समितिको कार्यालयको मेयर हरि बहादुर महतले उद्घाटन् गर्नुभयो । कार्यक्रममा बोल्दै मेयर महतले औपचारिक भन्दा अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुको समस्या निकै डरलाग्दो भएकाले यस कार्यालय मार्फत काम गर्न थालिएको बताउनुभयो ।
मजदुरहरुको समस्या दिर्घकालिन रुपमा समाधान गर्नका लागि स्थानीय सरकार लाग्ने उहाँले बताउनुभयो । दिनभरी श्रम गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने श्रमिकका लागि कुनैपनि औषधि उपचार गर्नुपरेमा वा श्रम गर्दा गर्दा दुर्घटनामा निधन भएमा पर्ने खालका समस्याका लागि अक्षयकोष स्थापना गर्नका लागि मेयर महतले सुझाब दिनुभयो । यही कोषबाट श्रमिकका समस्या समाधान हुने भएकाले यसका लागि उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
यस संस्थामा बिसुद्ध अनौपचारि क्षेत्र निर्माण, बिजुली, पेन्टर, प्लम्बर, सार्वजनिक क्षेत्रमा मजदुरको रुपमा कबाम गर्ने लगायतकालाई समेट्ने उदेस्य छ । यसै कोषबाट हरेक वर्ष ३० जना श्रमिकको ७ लाखका दरले दुर्घटना विमा गर्ने, दुर्घटना पस्चात मजदुरलाई उपचार खर्चको २५ प्रतिशत समितिले खर्च बेहोर्ने लगायतका सुबिधाहरु रहने छन् । कार्यक्रममा उपमहानगरपालिकाका आर्थिक महासखाका प्रमुख गंगा चौलागाईं, कृषि साखाका प्रमुख हिम प्रसाद पौडेल, जिफन्ट उपमहासचिब गिता कार्की, जिफन्ट बागमती प्रदेशका उपाध्यक्ष अर्जुन ढुंगेल, मजदुर संगठनका प्रतिनिधिहरु लगायतकाको आतिथ्यता रहेको थियो ।








