हेटौंडाका अत्यन्त गरिब परिवारः सरकारले घर बनाइदिएपछी अनुहारमा देखिएको त्यो खुसी
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ हर्नामाडीको आरामपुर थामी टोलमा बषौं अघि देखि बस्दै आएका पशुपती धामी र सन्तबहादुर थामीले यो जिवनमा नयाँ अनी सुन्दर घरमा बस्न पाउछु भनेर कहिले पनि कल्पनै गर्नु भएको थिएन ।
उपमहानगरपालिकामा रहेपनि अत्यन्तै गरिव दुइ परिवारलाई उपमहानगरपालिकाका मेयर हरि बहादुर महत र वडा अध्यक्ष अनिल बानियाँले नयाँ घर बनाइदिनुभयो । गरिव परिवार हेटौंडामा धेरै छन् । तर, कुनैपनि काम पनि गर्न नसक्ने असक्त अत्यत्न गरिब परिवारका रुपमा रहेका थामी परिवारलाई उपमहानगपालिकाको सहयोगमा घर निर्माण गर्दा थामी परिवारको अनुहारमा बषौं देखिका दुख पीडालाईं विर्षेर खुसी फर्कियो ।

घाम र पानी दुबै छिर्ने खरले छाएको घरमा बषौं देखि बस्नुपर्ने थामी परिवारको बाध्यता थियो । घर छाउनका लागि जस्तापाता त परको कुरा । बिहान बेलुकाको छाक टार्न पनि निकै मुस्कील थियो थामी परिवारलाई । त्यो बाध्यता देखेपछी उपमहानगरपालिकाले पुरै घर निर्माण गरिदिएको मेयर हरि बहादुर महत बताउनुहुन्छ । सरकार भनेको पहुँचमा रहेका र टाठाबाठाहरुको भन्दा पनि दुखी, गरिब र बोल्न नसक्ने परिवारको पनि हो भनेर अनुभुती दिलाउनका लागि दुइ थामी परिवारलाई घर निर्माण गरिदिएको मेयर महत बताउनुहुन्छ ।
वषौं अघिदेखि समस्या बेहोर्दै आएपछी घर निर्माण गरेर थामी परिवारलाई घरमा प्रवेश गराइएको हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बानियाँ बताउनुहुन्छ । नयाँघरमा प्रवेश गराउनका लागि मेयर र वडा अध्यक्ष आफै आएपछी थामी परिवार झनै खुसी भए ।
त्रिपाल मुनी बस्दै आएकालाई घर
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ चौघडा बजारबाट अली भित्र त्रिपाललाई छानो बनाएर बस्दै आएकी सुकुम्वासी महिलाका लागि स्थानीय सरकारले घर निर्माण गरिदिएको छ । त्रिपालकै छानो र बार समेत लगाएर बषौदेखि बस्दै आएकी चोघडाकी सुकुम्वासी सिता सापकोटाको घर उपमहानगरपालिकाले निर्माण गरिदिएको मेयर महत बताउनुहुन्छ ।
बजारको छेवैमा बसेपनि अत्यन्तै दयनिय अवस्थामा देखेपछी घर निर्माण गरिदिएको उहाँले बताउनुभयो । सापकोटाका लागि दुइ कोठाको घर निर्माण गरिएको हो । अहिले उहाँ नयाँ घरमा सरीसक्नु भएको छ । स्थानीय सरकारले घर निर्माण गरिदिएपछी उहाँ अहिले निकै खुसी हुनुहुन्छ ।
द्वन्द्व र आन्दोलनमा चार छोरा गुमाएकी सुभद्रालाई घर
०४६ सालको आन्दोलन र सशस्त्र द्वन्द्वका क्रममा चार छोरा गुमाएकी सुभद्रा दर्नालले नयाँ घर पाउनु भएको छ । हेटौँडा–९ स्थित शान्तिनगर सुकुमबासी टोलकी ७० वर्षीया सुभद्राका लागि हेटौँडा उपमहानगरपालिकाले चारकोठे पक्की घर एक वर्ष अगाडी निर्माण गरिदिएको हो । मुलुकको राजनीतिक परिवर्तनका क्रममा भएका आन्दोलन र द्वन्द्वमा योगदान पुरÞ्याएका सपुतलाई जन्म दिने आमाका लागि उपमहानगरपालिकाले सहयोग गरेको मेयर महतले बताउनुभयो । सानो टहरामा बस्दै आएकी सुभद्राका लागि उपमहानगरपालिकाले स्थायी बसोवासको व्यवस्था मिलाएको थियो ।

हेटौंडा–१५ बङ्गेरीका ११ परिवारलाई जस्तापाता
हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १५ बङ्गेरीको चेपाङ र तामाङ वस्तीका ११ परिवारलाई छाउनका लागि स्थानीय सरकारले जस्तापाता दिएको छ । त्यही अनुसार अहिले घर निर्माणको काम भइरहेका छन् । केहीको निर्माण भएपनि केहीको निर्माणको चरणमा रहेको छ । उपमहानगरपालिका भएपनि अत्यन्तै पछी परेका चेपाङ र तामाङ समुदायको घर छाउनका लागि समस्या भएपछी जस्तापाता दिइएको थियो ।
खरको छाना त्यसमा पनि पानीपरेपछी सबै घरभित्र पस्ने वषौ देखिको समस्या देखेपछी जस्तापाता सहयोग गरिएको मेयर महतले बताउनुभयो । बङ्गेरीका पन्च भोम्जन, कुमार बल, सृजना प्रजा, राजकुमार थिङ, प्रितिमान प्रजा, बसन्ती पाख्रिन, सूर्यबहादुर प्रजा, निर्मल प्रजा, तिर्थराज प्रजा र दोर्जे बललाई घरको छाना छाउनका लागि जस्तापाता सहयोग गरिएको हो । उनीहरुले अरु वर्षायाममा घरभित्र पानी छिर्ने वषौंदेखिको समस्या भने समाधान हुने भएको छ ।

यसक्षेत्रमा पहिले खानेपानी, बालबालिका पढ्नका लागि बिद्यालय खोल्ने कामसंगै स्थानीयहरुका लागि घर छाउन जस्तापाता सहयोग गरिएको छ । सबैक्षेत्रले पीछडीएको यस क्षेत्रमा पहिलो प्राथमकितामा पर्ने खानेपानी, सडक, बिद्यालयसंगै अहिले भने जस्तापाता सहयोग गरिएको उहाँले बताउनुभयो । सामान्य पूर्वाधारका समस्या देखिबाट खहरे खोलाको पानी पिउनुपर्ने बषौ देखिको बाध्यता यस क्षेत्रका नागरिकले वषौदेखि भोग्दै आएका थिए ।
धामी वस्ती, चौघडा र बंगेरीमा घर निर्माणका लागि गरिएका सहयोग उदाहरण मात्र हुन् । उपमहानगरपालिकाको सहयोगमा हेटौंडाका १९ वटै वडामा घरको छानो भएकालार्य जस्ता पाता निर्माण, अत्यन्त दुखी र गरिव असक्त परिवारलाई पुरै घर निर्माण गर्ने काम उपमहानगरपालिकाले पाँच् वर्ष सम्म गरेको छ । यसबाट गरिब नागरिकले स्थानीय सरकारको अनुभुती गर्न पाएका छन् । हेटौंडाको वडा नम्बर–१, ३, १२, १३, १४, १५, १६, १७, १८ र १९ मा बषौंदेखि घरको छानो छाएर बसेका परिवारलाई जस्ता पाता वितरणको काम पाँच वर्ष देखि गरिदै आएको छ । यो कामले गरिव परिवारका नागरिक खुसी भएका छन् ।







