इटहरीका मेयरद्वारा अभिव्यक्ति फिर्ता

जनपत्र
२७ जेष्ठ २०७६, सोमबार ०६:१९

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नो अभिव्यक्ति फिर्ता लिनुभएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मेयर चौधरीले ‘आफ्नो अभिव्यक्तिले सञ्चारजगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाइ आघात पर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु,’ भन्नुभएको छ ।
‘गएको जेठ २१ गते इटहरीका एक जना पत्रकार फेसबुक र फोनमार्फत आक्रोशपूर्ण ढंगले प्रस्तुत भएपछि आफू पनि आवेगमा आउँदा व्यक्त भएका भनाइहरुले उहाँ र सिंगो सञ्चार जगतमा पर्नको चोटप्रति दुःख प्रकट गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*