वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश

जनपत्र
२८ फाल्गुन २०७८, शनिबार १७:२४

काठमाण्डाै – पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गर्नुभएको छ । सरावगी जनता समाजवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको हो ।

वीरगञ्जको प्रसौनीविर्तामा आयोजना गरिएको कार्यक्रममा सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको हो । २०७४ सालको स्थानीयतहको चुनावमा  सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित हुनुभएको थियो ।  पार्टी प्रवेश कार्यक्रममा मेयर सरावगीले आफू एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको व्यक्तित्वबाट पहिलेदेखि प्रभावित रहेको र जनता समाजवादी पार्टीमा अहिले पनि जातिवादकै राजनीति भइरहेको र जातिवादको राजनीति गर्ने पार्टी कहिल्यै पनि राष्ट्रिय पार्टी हुन नसक्ने बताउनुभएको छ ।

सरावगीसँगै वीरगञ्ज महानगरपालिका वडा नम्बर  १४ का अध्यक्ष भरत कुर्मी र वडा नम्बरं २५ का अध्यक्ष विश्वराज राउत कुर्मी पनि एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरु  पनि तत्कालीन संघीय समाजवादी फोरम पार्टीबाट पार्टी अध्यक्ष चुनिनुभएको थियो ।

यसैबीच बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारीसहित पाँच जना जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेले आदर्श कोतवाल गाउँपालिकाको महेन्द्र आदर्श जयनगर च्युँटाहाको रामचरित्र माध्यमिक विद्यालयमा  आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले टीका र माला लगाएर अन्सारीसहित पाँच जनालाई एमाले प्रवेश गराउनुभएको हो । पालिका अध्यक्ष मुस्तुफा जनता समाजवादी पार्टी त्याग गरेर एमालेमा प्रवेश गर्नुभएको हो ।  उहाँसहित माओवादी र अन्य पार्टीका चार जना वडाध्यक्षहरु एमाले प्रवेश गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*