सुनको भाउ आज ३५ सय रुपैयाँले घट्यो

जनपत्र
२६ फाल्गुन २०७८, बिहीबार ११:४२

काठमाण्डाै – हिजो बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने ३५ सय रुपैयाँले घटेको छ ।  हिजो तोलामा २५ सय रुपैयाँले बढेर एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको सुनको भाउ आज ३५ सय रुपैयाँले घटेर एक लाख २ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

रुस-युक्रेन युद्धको असर सुन बजारमा पनि परेको छ । युद्धको असर अझै पनि सुनमा पर्ने सम्भावना रहेकाले भाउ बढ्न सक्ने अनुमान गरिएको छ । तर, अन्तर्राष्ट्रिय बजार मूल्यमा नै भर पर्नु पर्ने अवस्था रहेकाले भाउ बारे यसै भन्न नसकिने महासंघमा पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४५ रुपैयाँले घटेर १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*