ड्याममा खसेर मजदुरको मृ्त्यु, पानी फालेर सव निकालियो

जनपत्र
२६ जेष्ठ २०७६, आईतवार १६:२१

हेटौंडा । मकवानपुरको भिमफेदी गाउपालिका वडानम्बर ८ मा रहेको माण्डु हाइड्रोपावरको ड्याममा खसेर एक जना मजदुरको मृ्त्यु भएको छ । ड्याममा काम गर्ने मजदुर उदयपुर घर भएका ४० वर्षका टेक बहादुर मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताउनुभयो ।

हिजो देखिनै ड्याममा रहेको पानी बाहिर फाल्ने काम आज मात्र सकिएकाले मगरको मृत्यु भएको आज मात्र पुष्टी भएको उहाँले बताउनुभयो । भरिएको पानीमा मानिस डुबेको होकी होईन भन्ने संका भएपछी पानी बहिर फाल्न सुरु गरिएको थियो । शनिबार साँझदेखि बेपत्ता भएका मगर ड्यामको करीब १३ मिटर तल हिलोमा गाडीएको अवस्थामा शव आज भेटिएको हो । उनको पोष्टमार्टका लागि काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*