हेटौंडाका थप ६ वडामा स्वास्थ्य केन्द्र बन्दै

हेटौंडाको कमजोर स्वास्थ्य क्षेत्रलाई माथी उठाउन नगरवासिलाई टोल–टोलमै उपचार सेवा दिने जनप्रतिनिधिको प्रयास ।
जनपत्र
२६ जेष्ठ २०७६, आईतवार ०७:५५

हेटौंडा । मकवानपुरको हेटौंडामा सबै नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिने उदेस्यले अहिले संचारलन भईरहेका स्वास्थ्य संस्थामा थप ६ वटा शहरी स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको छ । शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता भएकाले यसलाई बिशेष जोड दिदै हेटौंडा उपमहानगरपालिकाले ६ वटा शहरी स्वास्थ्य केन्द्र निर्माण गर्न लागेको हो ।

शिक्षा र स्वास्थ्यमा पहिले निकै पछी पर्दै गएको हेटौंडामा अहिले शिक्षामा निकै फड्को मारिसकेको भए पनि स्वास्थ्यमा कमजोर भएपछी उपचार नपाएर कोही कसैले पनि मृत्युको मुखमा पुग्न नपरोस भन्ने उदेस्यले थप ६ वटा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको हेटौंडा उपहाँनगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।

हेटौंडामा जनप्रतिनिधिहरु बिजयी भएर आएसंगै प्रत्यक बर्ष शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । गतबर्ष मात्र हेटौंडाको हटियामा डाक्टर सहितको शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याइएको छ । त्यस्तै बिभीन्न अरु वडामा पनि स्वास्थ्य केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याइएको छ ।

यसबर्ष पनि हेटौंडाको हेटौंडा १, ४, ५, १२, १६ र १८ नम्बर वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्नका लागि काम सुरु गरिएको मेयर महतले बताउनुभयो । हरेक नागरिकले वडातह र आफ्नै टोमा आधारभूत स्वाथ्य सेवा पाउनुपर्छ भन्ने उदेस्यले यो अभियानमा आफुहरु बषैपिच्छे बजेट छुट्याएर काम गरिएको मेयर महतले बताउनुभयो ।

तीन वटा वडामा नयाँ भवन निर्माणनै गरेर शहरी स्वास्थ्य केन्द्र स्थापना गरिदै छ भने अरु तीन वटावडामा भने भईरहेका सरकारी भवनलाई मर्मत गरेर स्वास्थ्य केन्द्र संचालन गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

हेटौंडाका नागरिकलाई आफ्नै टोलमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उदेस्यले उपमहानगरपालिकाले यो काम सुरु गर्न लागेको हो । शहरी स्वास्थ्य केन्द्का लागि हेटौंडा १ को सबै भन्दा बिकट मानिने घ्याङसिङ्टारमा स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न लागिएको छ । त्यस्तै हेटौंडा १९ को बस्तिपुर र हेटौंडा १२ को हात्तिगौडामा स्वास्थ्य केन्द्रको भवन निर्माण हुँदै छ ।

हेटौंडा ४, ५ र १६ मा भने भईरहेका सरकारी भवनलाई मर्मत गरेर स्वास्थ्य केन्द्र संचालन गर्ने तयारी भईरहेको कार्कीले बताउनुभयो । छ वटा वडामा निर्माण गर्न लागिएको स्वास्थ्य केन्द्रका भवनमा अहेब वा हेल्थ असिस्टेन्ट र अनमी वा स्टाप नर्सलाई राखेर बिरामीलाई सेवा दिने तयारी गरिएको छ । स्वास्थ्य केन्द्रका तीन वटा भवन निर्माण गर्नका लागि ६२ लाख रुपैयाँका दरले एक करोड ८० लाख रुपैयाँ लागतमा काम भईरहेको मेयर महतले बताउनुभयो । भवन निर्माण भएपछी स्वास्थ्यकर्मी राखेर उपचारको काम पनि सुरु गर्ने तयारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*