गुण्डा नाइके राधेलाई नछोडे आन्दोलनमा उत्रिने कांग्रेसको चेतावनी

गत बिहीवार पक्राउ परेका गुण्डा नाइके राधे भन्ने राधाकृष्ण भण्डारीलाई रिहा नगरे आन्दोलन चर्काउने कांग्रेसले चेतावनी दिएको छ । धादिङ जिल्लाका प्रायः सबै विकास निर्माणको ठेक्का हत्याउने र समयमा कामसमेत नगर्ने राधेलाई नेपाली कांग्रेस एवं विशेष कांग्रेस धादिङले संरक्षण दिँदै आएको थियो ।
तत्कालीन नेकपा एमाले निकट रहेका दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिएपछि राधे नै अपराध कर्म गर्दै आएको बताइन्छ । धादिङमा राजनीतिको आवरणमा हप्ता असुलीदेखि विभिन्न अपराधीक गतिविधी गर्दै आएको भण्डारी समूहलाई कसैले पनि नियन्त्रणमा लिन सकेको थिएन।