जनकपुर–पोखरा हवाइ उडान सुरु : दुई प्रदेशबीच सहकार्यकाे आवश्यकता भएकाे मुख्यमन्त्री पाेखरेलकाे भनाइ

जनपत्र
२१ फाल्गुन २०७८, शनिबार १४:१६

धनुषा –  आजदेखि जनकुपर-पाेखरा हवाइ उडान सुरु भएकाे छ । आज भएकाे पहिलाे उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेल पाेखराबाट जनकपुर आउनुभयाे ।

जनकपुर-पोखरा हवाइ उडान सुरु भएपछि पहिलो उडानमा मधेस भ्रमणमा जनकपुर आउनुभएका मुख्यमन्त्री पोखरलले सञ्चारकर्मीसँग कुराकानी गर्दै संघीयतालाई बलियो बनाउन र प्रदेश प्रदेशबीचको सम्बन्धलाई बलियो बनाउनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । उहाँले पोखरा पर्यटकीय गन्तव्य रहेको र जनकपुर धार्मिक पर्यटकीय क्षेत्र भएकाले दुवै  प्रदेशबीचमा पर्यटकीय विकास गरेर यसबाट लाभ लिन सकिने बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले मधेस प्रदेश र गण्डकी प्रदेशबिच सहकार्यबाट समृद्धि हुन सक्ने र समृद्धिका क्षेत्रहरुको खोजी गरेर अगाडि बढन आफूहरु तयार रहेको पनि बताउनुभयो ।

यसैगरि मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महताले दुवै प्रदेशबीच सहकार्यबाट पर्यटन क्षेत्र लाभान्वित हुन सक्ने बताउनु भयो ।

जनकपुर विमान स्थलमा मख्यमन्त्री पोखरेललाई मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महतो, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रामसरोज यादव, सुरक्षा निकायका प्रमुखहरुले स्वागत गर्नुभएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*