हेर्नुस श्रीमान र श्रीमती बीचको सम्बन्ध सुमधुर बनाउने उपायहरु

श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको बीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । जीवन साथीबिचको समबन्ध राम्रो भएन भने जीवन असहज बन्छ । त्यसैले पनि श्रीमान् श्रीमतीबीचको सम्बन्ध सुमधुर हुन आवश्यक हुन्छ।
– श्रीमान वा श्रीमतीलाई माया देखाउनुहोस् । सँधै दयालु र मायालु भएर प्रस्तुत हुनुहोस् ।
– आफ्नी श्रीमतीले परिवारका लागि के गरिरहेकी छिन्, त्यसका लागि सँधै प्रशंसा गर्नुहोस् । श्रीमतीले पनि आफ्नो श्रीमानले गरिरहेको कामको लागि प्रंशसा गर्नुहोस् । सँधै यो भएन, त्यो भएन भनेर गुनासो मात्रै नगर्नुहोस् ।
– कुनै पनि निर्णय गर्नुपर्दा सँधै समझदारीमा गर्नुहोस् । यस्ता महत्वपूर्ण निर्णयहरु गर्दा एउटा परिवार भएर गर्नुहोस् । हामीले हाम्रो निर्णय अरुमाथि थोपार्ने बानी त्याग्यौँ भने परिवारिक सम्बन्ध सुमधुर हुन्छ ।
– श्रीमान-श्रीमती बीचको सम्बन्ध सुमधुर बनाई राख्न तपाई कहिल्यै पनि कुनै पनि हिसाबले आवेशमा आएर गलत ब्यवहार नगर्नुहोस् । भावनात्मक, मानसिक तथा शारीरिक कुनै पनि दृष्टिकोणले आफुलाई सँधै शान्त राख्नुहोस् ।
– श्रीमान र श्रीमती भन्दा पनि एक अर्काको साथी भएर प्रस्तुत हुनुहोस् । हामी सँधै एउटै घरमा बस्छौँ तर, एकअर्काको बारेमा केही थाहा हुँदैन । यस्तो हुँदा सम्बन्ध लामो समय टिक्दैन र रमाईलो पनि हुँदैन । त्यसैले साथी जस्तो गरी एक अर्काको कुराहरु थाहा पाउनुहोस् ।
– कहिलेकाहीँ गल्ती हुन सक्छन् । ती गल्तीहरुको महशुस गर्नु आवश्यक हुन्छ । आफ्नो गल्ती नस्विकार्ने बानीले सम्बन्धमा असर गर्छ ।
– सम्बन्धलाई सुमधुर राख्न नियमित कुराकानी र सम्पर्क आवश्यक हुन्छ । श्रीमान श्रीमतीले सँधै एकअर्काबीच कुराकानीलाई जारी राख्नुपर्छ । समस्या छन् भने छिट्टै दुबै जनाको सहमति र कुराकानीमा समाधान गर्नुपर्छ ।
– पुरानो कुरालाई लिएर कचकच नगर्नुहोस् । यसले सम्बन्धमा झन् तनाब लिएर आउन सक्छ ।
– अरुको सेवासुबिधासम्पन्न जीवनशैली देखेर ईश्या लाग्नु स्वभाविक हो । तर, यसले सम्बन्धमा दरार ल्याउन सकिन्छ । सँधै आफुभन्दा तल्लो आर्थिकस्तर भएका मानिसलाई हेरेर आफ्नो दैनिक चलाउनुहोस् ।
– आफु के बोल्दैछु भन्ने कुरामा सँधै सचेत रहनुहोस् । तपाई तनाब या दुखी भएको बेलामा जे पनि बोल्न सक्नुहुन्छ । तर, त्यस्तो हुन नदिनुहोस् । तपाई रिसाएको बेलामा जे पनि बोल्न सक्नुहुन्छ जसले गर्दा सम्बन्धमा सँधैका लागि दरार आउन सक्छ । बरु, रिस नमरुन्जेल चुप लागेरै बस्नुहोस् ।