हेटौंडाका सहकारी व्यावस्थापक र लेखापालहरुका लागि दिइएको दुइ चरणको तालिम सकियो

जनपत्र
१९ फाल्गुन २०७८, बिहीबार २०:०७

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रका सहकारी संस्थाका व्यावस्थापक तथा लेखापालहरुका लागि दिइएको दुइ चरणको तालिम सकिएको छ ।

हेटौंडा उपमहानगरपालिका आर्थिक विकास महासाखाको आयोजनामा तालिम दिइएको हो । समापन कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईले जनताको बचत र लगानीका लागि सहकारी अत्यन्त उपयोगि रहेको बताउनुभयो ।

सहकारीहरु सुद्ध सहकारी हुन जरुरी रहेको बताउनुभयो । सरकारको लोकप्रियता भनेको शिक्षा, स्वास्थ्य र सहकारीले देखाउन सक्ने बताउनुभयो । तालिम लिएर मात्र भन्दा पनि यसको कार्यान्वयनमा जोड दिनका लागि उहाँले आग्रह गर्नु भएको छ । सरकारले तोकेको कानूनमा रहेर सहकारी सञ्चालन गर्नका लागि जानकारी गराउने उदेस्यले तालिम दिइएको हो ।

उपमहानगरपालिकाको सम्पर्कमा आएका, साधारण सभा गर्ने, अडिट गर्ने र अनुगमनका क्रममा सुधार गर्नुपर्ने सहकारीलाई यो तालिम दिइएको सहकारी साखाका प्रमुख हिम प्रसाद पौडेलले बताउनुभयो । दुइचरणमा गरेर हेटौंडाका धेरै सहकारीका व्यावस्थापक तथा लेखापालहरुका लागि तालिम दिइएको छ ।

कार्यक्रममा उपमहानगरपालिकाका आर्थिक विकास महासाखाका प्रमुख गंगा कुमारी चौलागाई, जिल्ला बचत संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, संघका कोषाध्यक्ष बिष्णु मायाँ लामा लगायतकाको आतिथ्यता रहेको थियो । तीन दिनका दरले दुइचरणमा तालिम दिइएको हो । दुइचरणको तालिममा ५० जनाको सहभागिता रहेको थियो ।

स्थानीय तह मातहत रहेका नगरका केही सहकारीहरुले अझै पनि अडिट नगरेको, साधारण सभा नगरेको, स्थानीय सरकारको मातहतमा नआएको पाइएकोले सम्पर्कमा आउनका लागि उपमहानगरपालिकाले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*