‘क्यालिब्रेशन फ्लाइट’ का कारण अन्य उडान अस्तव्यस्त, कतार एअरवेजले लगायो १७ फन्का

जनपत्र
१९ फाल्गुन २०७८, बिहीबार १६:५९

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् क्यालिब्रेशन फ्लाइटका कारण उडान अस्तव्यस्त भएको छ ।

धेरै जहाज आकाशमै होल्ड भएका छन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने जहाज आकाशमै घुमिरहेका छन् । कतार एअरवेजको एउटा जहाजले १७ पटकभन्दा धेरै ललितपुरमाथिको आकाशमा फन्का लगाएको छ ।

कतारकै अर्को जहाज पनि आकासमै घुमेको छ भने भारतबाट आएको विस्तारा एअरलाइन्सको जहाजले पनि फन्का लगाएको छ ।

केही आन्तरिक जहाज घुुमिरहेका छन् भने केही डाइभर्ट भएका त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*