झण्डै २ हजारले बढ्यो सुनको मूल्य

जनपत्र
१८ फाल्गुन २०७८, बुधबार १३:२९

सुनचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ९०० रूपैयाँले बढेर ९९ हजार ५०० रुपैयाँ पुगेको छ ।अघिल्लो दिन प्रतितोला ९७ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रूपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४० रूपैयाँले बढेर १ हजार ३७५ पुगेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*