मिडिया बिधेयकको बिरोधमा हेटौंडामा पत्रकारको मानव साङ्लो

जनपत्र
२५ जेष्ठ २०७६, शनिबार १३:५५

हेटौंडा । देशभरका पत्रकारहरुको दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तरगत आज हेटौंडाको बुद्धचोकमा बिरोधको नयाँ सैली अनुसार सरकारको ध्यानाकर्षण गराइएको छ । सरकारले जारी गर्न लागेको मिडिया काउन्सिल विधेयकको विरोधमा आज बिहानै हेटौंडाका पत्रकारले बुद्धचोकमा विरोध प्रर्दशन गरेका छन् । लगातार रुपमा दोस्रो आन्दोलनमा उत्रिएका पत्रकारहरुले बिधेयकको बिरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पत्रकारहरुले मिडिया काउन्सिल विधेयक फिर्ता गर, प्रेस स्वतन्त्रताको सम्मान गर, पूर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी गर लगायतका प्लेकार्ड सहित मानव साङ्लो बनाएर प्रर्दशन गरेका हुन् । नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिको आयोजनामा हेटौंडाको बुद्धचोकमा मकवानपुरे पत्रकारले मानवसाङ्लो बनाएर विरोध प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टले मिडिया तथा पत्रकारलाइ बिस्तापित गर्न बनाइएको यस विधेयक नसच्चिएसम्म संघर्ष जारी रहने बताउनुभयो । प्रदर्शनमा नेपाल पत्रकार महासंघ प्रदेश ३ महासचिव कृष्ण सारु, पुर्व अध्यक्ष नवराज तिमिल्सिना, कौशल पाण्डे, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं लगायत हेटौंडाका विभिन्न संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*