रुपन्देहीको बेलहिया नाका ४८ घण्टा बन्द हुने

जनपत्र
१७ फाल्गुन २०७८, मंगलवार ११:१६

काठमाण्डाै – रुपन्देहीको सीमा नाका बेलहिया आजदेखि ४८ घण्टा बन्द हुँदैछ ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार भारतको महाराजगञ्ज जिल्लासँग  जोडिएका रुपन्देहीका बेलहिया लगायतका सीमा नाका आज बेलुका ६ बजेदेखि पर्सि बेलुका ६ बजेसम्म २ दिन बन्द हुन लागेको हो ।

भारतको उत्तर प्रदेशमा रहेको महाराजगञ्ज जिल्लामा पर्सि विधान सभाको चुनाव हुँदैछ । चुनावी सुरक्षालाई ध्यान दिँदै भारतीय पक्षको आग्रहमा सीमा नाका बन्द गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*