भ्रष्टाचार विरुद्ध लाग्यो नारा, ईटहरीका मेयर द्वारिकलाल चौधरीलाई एअरपोर्टमै हाइहाई

केहीदिन यता कर्मचारीलाई कुटपिट,पत्रकारलाई दुब्र्यबहार र धम्की दिएको आरोप लागेका ईटहरीका मेयर द्वारिकलाल चौधरीलाई बिराटनगर एअरपोर्टमा भब्य स्वागत गरिएकोे छ । शुक्रबार साँझ विराटनगर विमानस्थलमा ओर्लिदा उनलाई स्वागत गर्न इटहरीका युवाहरु पुगेका थिए । उनिहरुले मेयर चौधरीको भब्य स्वागत गरे । भ्रष्टाचार विरुद्दको अभियानमा हामी साथ छौं भन्ने आशयका ब्यानर सहित पुगेका युवाहरुले स्वागत गर्नुका साथै मेयरको जयजकार गरे ।
सहभागीहरुले भ्रष्टाचार नियन्त्रणमा मेयरको अडानको प्रसंसा गरेका थिए । युवाहरुले जथाभावी समाचार लेख्न पाइदैन भ्रष्ट कर्मचारी चाहिदैन भन्दै नारावाजीसमेत गरेका थिए । पत्रकारलाई कुट्ने धम्की दिएका मेयर चौधरीको आलोचना पत्रकारहरुबाट भैरहदा एउटा जमात भने उनको भ्रष्टाचार विरोधी गतिविधिको पक्षमा देखिएको छ । केहीदिन यता सामाजिक सञ्जाल लगायत स्थानीयस्तरमा मेयरको पक्षमा जनमत देखिएको छ ।