स्नातकोत्तर तहको अध्ययन गर्ने विद्यार्थीलाई स्वयं सेवक शिक्षकका रूपमा खटाईने

प्रदेश १ सरकारले स्नातकोत्तर तहको अध्ययन गर्ने विद्यार्थीलाई पहाडी तथा हिमाली क्षेत्रका विद्यालयमा स्वयं सेवक शिक्षकका रूपमा खटाउने भएको छ । आर्थिक बर्ष ०७६/०७७ को नीति तथा कार्यक्रममा संघीय सरकारको ‘चिनौं आफ्नै माटो बनाउँ आफ्नै देश’ अभियानसँग मिल्दो–जुल्दो गरी प्रदेश सरकारले पनि विद्यालयमा स्वयंसेवक परिचालन गर्ने कार्यक्रम घोषणा गरेको हो ।
उक्त अभियान सञ्चालन गरी प्राविधिक विषयमा स्नताकोत्तर तथा स्नातक युवालाई शिक्षक विद्यार्थी अनुपात धेरै भएका विद्यालयमा परिचालन गर्ने संघीय सरकारले बजेट मार्फत घोषणा गरिसकेको छ ।