सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जान्छ : नेता खनाल

जनपत्र
१३ फाल्गुन २०७८, शुक्रबार १७:३५

काठमाण्डाै – सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने चेतावनी दिनुभयो । आज शुक्रवार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेकपा एमालेसँग सहमति गरेर एमसीसी पास गरेपछि देशमा शान्ति कायम हुन्छ भन्ने सपना देख्नु कांग्रेसको दिवासपना मात्र भएको जिकिर गर्नुभयो ।

सम्मानित नेता खनालले एमसीसीका कारण अहिले समाज, देश, राजनीतिक पार्टी र संसद् विभाजित बनिरहेको उल्लेख गर्दै यस्तो बेलामा नेपाल एकताबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले एमसीसीको बारेमा अझै देशभित्र राष्ट्रिय सहमति खोजेर बाँकी सम्भावनाहरूलाई उजागर गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सांसद खनालले भन्नुभयो, ‘एमसीसी मुद्दाले हाम्रो देशको गठबन्धन सरकारभित्र विभाजन आयो । संसदमा विभाजन आयो । आम जनताका बीचमा समेत विभाजन आयो । यो ग्म्भीर सबाल हो । यो गम्भीर सवालमा कम्तीमा पनि नेपाल एकताबद्ध हुनुपर्छ । देश र जनतालाई विभाजित गर्ने काम नगरौँ । नेपाली कांग्रेसले कसरी अघि बढ्ने भन्ने कुरामा गम्भीरतापूर्वक सोच्नुपर्छ । जनता, देश जेसुकै होस्, एमसीसी पास गर्नुपर्छ भन्ने लाइनमा जानुभयो भने देश दुर्घटनातिर जान्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*