मकवानपुरका किशानलाई कुखुरा पालनमा व्यावसायीक बनाईदै

हेटौंडा । हेटौडा ४ मा आज कुखुरा पालन सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ । नारी सिप सृजना केन्द्र नेपाल र एडब्लुओ इन्टरनेशनको साझेदारीतामा मकवानपुरमा संचालित मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजना अन्तर्गत तालिम कार्यक्रम संचालन गरिएको हो ।
तालिममा मनहरी गाउँपालिका वडा नं. १ देखि ५ का १५ जना र हेटौडा उपमहानगरपालिका वडा नं १४ का ६ जना गरी जम्मा २१ जना कुखुरा पालन गर्ने कृषकहरुको सहभागीता रहेको थियो । तालिममा कुखुरामा लाग्ने रोग र त्यसका लक्षणहरु, उपचारका उपाए, कुखुराको खोर बनाउदा अपनाउनुपर्ने प्राविधिक विधिहरु, लोकल कुखुराका प्रजातिहरु र कुखुरा पालनलाई व्यवसायिक रुपमा अगाडि बढाउन अपनाउनुपर्ने उपाएहरुको बारेमा प्रशिक्षक प्रदिप सापकोटाले सहजिकरण गर्नुभएको थियो ।
एक दिवसिय तालिम कार्यक्रमको सभाध्यक्षता नारी सीप सृजना केन्द्र नेपालको कार्यककारी समिति सदस्य सिता अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम संयोजक ज्योति वम्जनले स्वागत मन्तव्य राख्नुभएको थियो । तालिमको समापनको क्रममा कुखुरा पालन गरिरहेकै भएपनि कुखुराको लालन पालन तथा औषधि उपचार र खोर बनाउदा अपनाउनुपर्ने प्राविधिक विधिको बारेमा जानकारी नै नभै गरिरहेको थियो तर यस तालिमबाट सबै जानकारी पाएर कुखुरा पालनलाई अझ व्यवसायिक ढंगले अघि बढाउन तालिमले सहयोग पुगेको सहभागीहरुले बताएका छन् ।