हेटौंडामा बेइजिङ्ग प्लस २५ को समीक्षा

हेटौंडा । बेइजिङ्ग प्लस २५ समीक्षा प्रक्रिया, २०२० को परामर्श कार्यक्रम आज हेटौंडामा भएको छ । बियोेण्ड बेइजिङ्ग कमिटी (बिबिसी) काठमाण्डौको आयोजना तथा नारी सीप सृजना केन्द्र नेपालको संयोजनमा कार्यक्रम भएको हो । बियोेण्ड बेइजिङ्ग कमिटी (बिबिसी) र बिभीन्न महिला अधिकारवादी संस्थाहरुको संयुक्त संचालनमा प्रदेश ३ स्तरिय बेइजिङ्ग समेलनको २५ औं बर्ष समिक्षा परामर्श कार्याशाला गोष्ठीमा छलफल गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनीले नेपाल सरकारले महिला अधिकारका लागी थुप्रै अन्तराष्ट्रिय सन्धि महाँसन्धिहरुमा हस्ताक्षर गरेकै कारण त्यसैमा टेकेर राष्ट्रिय नीति तथा कार्यक्रम बन्दै गएको बताउनुभयो ।
सबै भन्दा महत्वपुर्ण सन १९९५ मा भएको वियोण्ड बेजिङ्ग सम्मेलन ले महिलाका गम्भीर १२ वटा सवालहरुको पहिचान गर्याे जुन सवाल सबै राष्ट्रहरुका लागि महिला सशक्तिकरणको मार्गदर्शन बनेको बताउनुभयो । त्यसैको आधारमा हरेक पाँच वर्षमा समिक्षा गर्दै महिलाका सवालमा कुन देशले कुन सवाल उठान गर्याे र उपलब्धी के के आयो भन्ने समीक्षा हने बताउनुभयो । अर्काे ५ वर्षकालागी फेरि सवाल छनौट गर्दै रणनीति तयार गरेर लाग्छन त्यसैगरी स्थानिय तहले महिलाका यिनै १२ सवालमा रणनीति ढङ्गले लाग्ने हो भने महिला सशक्तिकरणमा ठुलो टेवा पुग्ने उहाँको भनाई छ ।
नारी सीप सृजना केन्द्रका कोषाध्यक्ष मिना अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहनागरपालिकाका उपमेयर मिना लामा, प्रदेश नम्बर ३ को सामाजिक बिकाश मन्त्रालयका महिला बिकाश अधिकृत चन्द्रकुमारी बेन्जनकार, नारी सिपका कार्यकारी निर्देशक चिरन्जिबी पौडेल लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा बेइजिङ्ग कार्यनीतिबारेमा सरिता श्रेष्ठले प्रस्तुतीकरण गर्नुभयो ।
कार्यक्रममा प्रदेश नम्बर ३ को काठमाण्डौ, धादिङ्ग, सिंधुली, नुवाकोट, चितवन, ललितपुर, मकवानपुर लगायतका जिल्लाबाट ४५ जना सहभागि भएका थिए ।