प्रेम आलेले भने– एमसिसीमा पार्टीको निर्णय हामी मान्छौँ
सँस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम आलेले अमेरिकी सहयोग परियोजना एमसिसीबारे आफूहरुलाई पार्टीको धारणा स्वीकार्य हुने बताएका छन् ।
नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरुले एमसिसीको पक्षमा मतदान गर्ने हल्ला चलेको भन्दै उनले आफूहरुलाई पार्टीको निर्णय स्वीकार्य हुने भएकाले पार्टीअनुसार आफूहरु चल्ने बताएका हुन् ।
बिहीबार पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई लिएर कैलालीको धनगढीमा पुगेका आलेले भने, ‘समाजवादीका मन्त्रीहरु एमसिसीको पक्षमा मत हाल्छन् भन्ने हल्ला चलाइएको छ, हाम्रो कुरा त्यस्तो होइन । हामीले पार्टीले जे निर्णय गर्छ, त्यही गर्नेछौँ ।’
सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्न आलेसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि पुगेका थिए । कार्यक्रममा नेपालले अहिले एमसिसीको पक्षमा आफूहरु उभिन नसकेकाले सरकारमा पनि नरहने बताए ।







