बारामा ग्यास ‘लिक’ भएर आगोलागी, सातजना घाइते, तीनको अवस्था गम्भीर

बारामा खाना पकाउने ग्यास सिलिन्डर ‘लिक’ भएर आगोलागी हुँदा एकै परिवारका चारजनासहित सात व्यक्ति घाइते भएका छन् । घाइतेहरुमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।
शुक्रबार बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–१४, डुमरवानास्थित स्याउलीबजारमा नरमान थिङको घरमा अम्बर कम्पनीको ग्यास सिलिन्डर लिक भएर आगोलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा परी ६७ वर्षीय नरमान थिङको परिवारका ज्ञानीमाया थिङ, बौद्धमान थिङ र अनिता थिङ घाइते भएका छन् । यस्तै, छिमेकीहरु दिल्लीमाया वाइबा, साइमाया वाइबा, र दिलमाया वाइबा पनि सो घटनामा घाइते भएका छन् । घाइतेहरुमध्ये चारजनाको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते तीनजनालाई थप उपचारका लागि वीरगन्जको नेसनल मेडिकल कलेज पुर्याइएको छ ।