प्रिमियर लिग : लिभरपुलले लिड्सलाई ६–० गोलले हरायो, बर्नलीसँग टोटनह्याम पराजित

जनपत्र
१२ फाल्गुन २०७८, बिहीबार ११:५१

unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले लिड्स युनाइटेडलाई ६–० गोलको फराकिलो अन्तरले हराएको छ । जितसँगै लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दूरी तीन अङ्कमा छोट्याएको छ ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलका मोहम्मद सलाह र साडियो मानेले समान दुई/दुई र जोएल मटिप र भर्जिल भान डाइकले समान एक/एक गोल गरे । दोस्रो स्थानमा रहेको लिभरपुलको २६ खेलबाट ६० अङ्क पुगेको छ । समान खेलमा सिटीको ६३ अङ्क छ । पराजित लिड्स २५ खेलबाट २३ अङ्क जोडेर १५औँ स्थानमा छ ।

गएराति भएका अरु खेलमा बर्नलीले टोटनह्यामलाई १–० ले हरायो । घरेलु टोली बर्नलीका विन मिले खेलको ७१औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

त्यस्तै क्रिस्टल प्यालेसले वाट्फोर्डलाई ४–१ गोलले पराजित गरेको छ ।

क्रिस्टल प्यालेसका वेलफ्रेड जाहाले दुई तथा जिन फिलिपे मेटेटा र कोनोर गालाघेरले समान एक/एक गोल गरे । वाट्फोर्डका मौसा सिसोकोले चाैथाे गोल फर्काए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*